कांग्रेसद्धारा बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही



कांग्रेसद्धारा बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही

भालुवाङ ११ चैत्र । नेपाली कांग्रेस लालमटिया गाउँ समितिले पार्टीका क्रियाशिल सदस्य ओमप्रकाश बुढाथोकीलाई कारवाही गरेको छ । राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय विपरीत बुढाथोकीले उमेदवारी दिएको भन्दै कांग्रेस लालमटिया गाउँ समितिले कार्वाही गरेको हो । बुढाथोकीले यहि चैत्र १४ गते सम्पन्न हुन गइरहेको राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेस राप्ती गाउँपालिका इकाईले उपाध्यक्षमा उम्मेदवारी दिएका राप्ती गाउँपालिका १ पुल्चोक भालुबाङ निवासी बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको इकाई सभापती दुर्योधन पाण्डेले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । बुढाथोकीलाई कार्वाही गरेको जानकारी पार्टीका सबै तहमा दिइने विज्ञप्तीमा उल्लेख छ ।

राप्ती उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार सुरज खड्काको नेतृत्वमा रहेका सम्पुर्ण उम्मेदवारहरुलाई नेपाली काँग्रेस पार्टीले समर्थन गरेकोले सम्पुर्ण पार्टी पंङ्ति, उद्योगी, ब्यापारी, ब्यबसायी, बुद्धिजीवी, समाजसेवी तथा संघका मतदाहरुलाई सुरज खड्काको नेतृत्वमा रहेको टिमलाई मतदान गर्न गराउन अपिल समेत गरेको जारी बिज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे