देउखुरीका दुई वटा सामुदायिक वनमा पुन भिषण आगलागी, आगाे हेरेर रात बिताउँछन् स्थानीय



देउखुरीका दुई वटा सामुदायिक वनमा पुन भिषण आगलागी, आगाे हेरेर रात बिताउँछन् स्थानीय

लमही ११ चैत । गर्मीयाम सुरु भएसँगै हावाहुरी चल्न थालेपछि यतिबेला सामुदायिक वनहरुमा आगलागीका घटनाहरु बढिरहेका छन् ।

यसै बीच देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ का २ वटा सामुदायिक वनमा भिषण आगलागी भइरहेकाे छ । मंगलबार राती देखि सुरु भएको आगाे अहिले सम्म लागिरहेको छ ।लमही नगरपालिका वडा नम्बर ३ मा पर्ने जखेरा र त्रिशक्ति सामुदायिक वनमा आगलागी भएको हाे ।

तल फेदीमा घना बस्ती भएकाले आगाे बस्ती तिर फैलिन सक्ने संभावना बढेकाले बुधबार राती जागाराम बसेकाे स्थानीय सुतेराम कुमालले बताए । आगाे देखिन्छ रात भरि सुतिएन ,अहिले पनि जारी छ ,कतै बस्तीमा त आउदैन भनेर निकै त्रास भएका छाै उनले भने ।

उक्त ठाउँमा झन्डै १ सय बढी घरहरु रहेका छन् । यस बर्ष खर काट्न नदिएकाले पनि खर घना भएकाले पनि निकै भिषण आगाे लाग्याे जसले गर्दा गाउँ नै उज्यालो भएको थियाे । उक्त ठाउँ जखेरा ताल, मुसुन्डी गाउँ पर्ने गर्दछ । यस अघि रामजदही सामुदायिक वन पाखापानी र सुन्डबरी सामुदायिक वनमा आगाे लागेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे