दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु



दाङमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

घोराही ११ चैत्र । ट्रकको ठक्कर बाट दाङमा एक साइकल यात्रीको मृत्यु भएको छ । बुुुधबार बिहान पौने ८ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी अन्दाजी वर्ष २८ का कलौ चौधरीको मृत्यु भएको हो ।

गोग्लीबाट घोराही तर्फ जाँदै गरेका साइकल यात्री चौधरीलाई गोग्ली सिमेन्ट कम्पनीबाट सिमेन्ट लगेर घोराही तर्फ जाँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । साइकल यात्रीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे