महिलाहरुको गतिलो माध्यम बन्दै कटाईसिलाई पेशा



महिलाहरुको गतिलो माध्यम बन्दै कटाईसिलाई पेशा

लमही ११ चैत । नेपालमा पछिल्लो समय यता कटाईसिलाई पेशा महिलाहरुको गतिलो माध्यम बन्न थालेकोे छ । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी प्रभा चौधरीले कटाईसिलाई पेशा गर्न थालेको झन्डै १८ बर्ष पुग्यो । सोही ब्यबसायबाट उनले लमहीमा १ वटा घडेरी समेत किनेकी छिन् । माइतीमा छँदा रुचि रहेको र समाजमा केही गर्नुपर्छ भन्ने उदेश्यले सो पेशा अंगालेको उनले बताइन् ।

अहिले उनले लमहीमा पसल संचालन गरेको पनि दुई बर्ष पूरा हुन थालेको छ । यस अघि उनले कपिलवस्तुमा सो पेशा गर्दै आएकी थिइन् । विवाहपछि मात्रै लमहीमा टेलर्स संचालन गरेकी हुन् । त्यस अवधीमा उनले धेरै महिलाहरुलाई रोजगारी दिएर पनि दख्खल बनाएको उदाहरण पनि दिइन् । फुर्सदको समय सदुपयोग र कम लगानीमा धेरै मुनाफा आउने भएपछि अहिले महिलाको उक्त पेशा आर्थिक आम्दानी संग संगै जीवन स्तर माथि उठेर पनि सिपमा दख्खल भएको पाइन्छ । टेलर्स जहाँ खोल्दा पनि चल्ने भएकोले अहिले महिलाको गतिलो माध्यम कटाईसिलाई पेशा बनेको छ ।

यति मात्रै होइन महिलाहरु आत्मनिर्भर भएर समाजलाई नै चुनौती दिन सफल भएका छन् । महिलाहरुले सो पेशाबाट घर खर्च संगै बचत गर्न पनि सफल भएको र जीवनयापनमा पनि निकै सहज भएको संचालकहरु बताउँछन् । उनी कहाँ तीन जना महिला दिदिबहिनी सिक्दै छन् । ३ जनाको परिवार रहेको चौधरीले लमही ५ लमहीमा मोनिका लेडिज टेलर्स संचालनमा ल्याएकी छिन् ।

उनी कहाँ २ सय ५० देखि १ हजार सम्मका डिजाइनको आधारमा कपडा सिलाउने गरेकी छिन् । सरस्वती आचार्य पनि सोही टेलर्समा काम गर्न थालेको १ हप्ता भयो, अहिले उनले मेसिन चलाउने, कटाई गर्ने, पेटिकोट सिलाउने काम थालनी गरिसकेकी छिन् । छिटो समयमा उनले अहिलेनै कटाई र सिलाउने गरिरहेकी छिन् । महिलाहरुमा आँट भए जस्तो सुकै काम सहजै सिक्न सकिन्छ भन्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे