नैतिकताको आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ : कांग्रेस नेता साउद



नैतिकताको आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ : कांग्रेस नेता साउद

लमही ९ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिंचाई मन्त्री एनपी साउदले नैतिकताको आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।  प्रेस युनियन दाङले लमहीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता साउदले ओली सरकारले मध्यावधिको निर्वाचन घोषणा गरेको, अदालतमा मुद्दा गएको, फेरि संसद पुर्नस्थापना भएको भन्दै समग्र रुपमा उक्त कार्य अलोकतान्त्रिक कदम भएको बताए । साथै उनले नेकपा एमालेसंग का‌ग्रेसकाे कुनै सहकार्य नहुने पनि बताए ।

नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा मिलेर वैकल्पिक सरकार बनाउने विकल्प अझै बाँकी रहेको भन्दै तीन पार्टीको विचमा वर्तमान सरकारको बिरुद्धमा गठबन्धन बनाउन सकिने उनको धारणा थियो । साथै खण्डित जनादेश लिएर अघि बढ्न नसकिने समेत उनको भनाई छ । ‘नेपाली कांग्रेस शिघ्र निर्वाचनको पक्षमा छ, एक बर्ष भित्र निर्वाचन गराएर देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी हुँदैन उनले भने’ । फरक प्रसङ्गमा साउदले भने यतिबेला महाधिवेशनको तयारीमा छ, भदौ सम्ममा महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व भएकोले केन्द्रिय नेताहरु आ आफ्नो गृह जिल्लामा केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे