राप्ती गाउँपालिकाको ७ नम्बर वडामा भलिवल प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम सुरु



राप्ती गाउँपालिकाको ७ नम्बर वडामा भलिवल प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम सुरु
सिसहनियाँ ९ चैत्र । राप्ती गाउँपालिकाको वडा नम्बर ७ मा भलिवल प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । वडाको बार्षिक कार्यक्रम अन्तरगत युवा क्वल स्तरिय भलिवल प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । सोमवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् ।
वडा नम्बर ७ का छोट्की सिसहनिया, बड्का सिसहनियाँ, जगपुर, अर्नाहनपुर, जितपुर, भानपुर गाउँका ८ पुरुष खेलाडी तथा ३ महिला भलिवल टिमको सहभागीता रहेको भलिवल प्रतियोगीता भोली सम्म चल्ने छ । भलिवल प्रतियोगीताको बिजेता टिमलाई सम्मान गर्ने अवसर पारेर स्थानिय कला, संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम गरिने वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
कार्यक्रममा खेलाडी तथा साँस्कृतिक कलाकर्मीलाई वडा नम्बर ६ का वडा अध्यक्ष बेदप्रसाद चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, वडा सदस्य भिमलाल चौधरी, शान्ति चौधरी, टोल विकास सस्था अध्यक्ष रामपति चौधरी लगायतले हौसला बढाउदै खेल तथा स्थानिय कला संस्कृतिको संरक्षण गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे