LISTEN LIVE RADIO

लमही ढिकपुरका अग्नी पिडितहरुलाई विभिन्न संघसंस्था तथा ब्यक्तिहरुद्धारा राहत सहयोग



लमही ढिकपुरका अग्नी पिडितहरुलाई विभिन्न संघसंस्था तथा ब्यक्तिहरुद्धारा राहत सहयोग

लमही ९ चैत्र । देउखुरीको लमही नगरपालिका ढिकपुरका अग्नी पिडितहरुलाई विभिन्न संघसंस्था तथा ब्यक्तिहरुले राहत संकलन गरेर सोमबार हस्तान्तरण गरेका छन् । आइतबार मात्र दर्जन भन्दा बढी संघसंस्था तथा ब्यक्तिहरुले संकलन गरेको खाद्यन्न एबम् नगद वडाध्यक्ष गणेशमान चौधरीलाई हस्तान्तरण गरिएको हो । पिडितका लागि आएको राहत वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश संस्थाले एकद्वार प्रणाली मार्फत बितरण गरिरहेको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिए ।

आइतबार आदर्श नमुना माध्यमिक बिद्यालयका कर्मचारी तथा विद्यार्थीहरुबाट संकलित नगद ४० हजार ७ सय ८१ रूपैयाँ अग्निपिडितहरुलाई हस्तान्तरण गरिएको छ । त्यस्तै बड्का गल्ली टोल बिकास संस्था देउपुरबाट नगद ७ हजार ८ सय रूपैयाँ, २३ क्विन्टल ५८ किलो चामल, धान, दाल, तरकारी, तेल, नुन, बेसार, बेड, लत्ता कपडा, लमही–६ निवासी दामोदर धिताल, सरोज चौधरी, लमही–५ का रबिन्द्र सुवेदी, सुनिल थापामगरले संयुक्त रुपमा १ सय ५० किलो चामल, ३ लिटर तेल र ६ पोका नुन सहयोग गरेका छन् ।

त्यस्तै कमानपुर गाउँ समाजबाट नगद ११ हजार ४ सय रूपैया, चामल २५ किलो, धोती १ थान, घोराही जेसीजको खाद्यान्न सहित सिरक डसना ९ थान, भयरथान टोल बिकास संस्था लमही–४ ले नगद १५ हजार ७ सय १५ रूपैयाँ, शिव मन्दिन टोल बिकास सँस्था लमही–४ बाट नगद ८ हजार रूपैयाँ, चैलाही टोल बिकास संस्था लमही–४ बाटै राहत स्वरुप उपलब्ध नगद १७ हजार ३ सय २३ रूपैयाँ हस्तान्तरण गरिएको छ । त्यस्तै स्वर्गद्वारी टोल बिकास संस्था लमही–६ बाट नगद १३ हजार, खाद्यान्न १ सय ५० किलो, लमही गाउँ टोल बिकास संस्था लमही–५ बाट नगद ९ हजार २ सय ४५ रूपैयाँ पनि हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे