राप्ती उद्योग वाणिज्य संघको निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता



राप्ती उद्योग वाणिज्य संघको निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता

भालुवाङ ९ चैत्र । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको राप्ती उद्योग वाणिज्य संघको निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन दर्ता भएको छ । संघको यहि चैत्र १४ गते हुन लागेको निर्वाचन रोक्न निवेदन दर्ता गरिएको हो ।

निर्वाचन समितिले एक पक्षिय रुपमा संघको विधान तथा नियम विपरीत गुटगत रुपमा संघको सदस्यहरु मध्येबाट स्वतन्त्र रुपमा निर्वाचन प्रकृयामा भाग लिएको स्वतन्त्र व्यवसायीक प्यानललाई वाईपास गरी निर्वाचन गराउन लागेको भन्दै जनता समाजवादी पार्टीका होमप्रसाद शर्मा, संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की र गोविन्दबहादुर रोकाले आइतवार निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय दाङमा निवेदन दर्ता गराएका हुन् ।

उनीहरुले निर्वाचन समितिमा आफ्नो प्यानलका सदस्यहरुलाई निर्वाचन समितिमा नराखेको, कार्यालय प्रवेश गर्न नदिएको, आफना पक्षधरका सदस्यहरुलाई फोन तथा आन्तरिक सुचनाद्धारा कागजी प्रकृया पुरा गरी निर्वाचन गराउन खोजेको लगायतको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे