राप्ती उद्योग वाणिज्य संघ भालुबाङको निर्वाचन तालिका सार्वजनिक



राप्ती उद्योग वाणिज्य संघ भालुबाङको निर्वाचन तालिका सार्वजनिक

भालुवाङ ४ चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुबाङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले बुधवार निर्वाचन तालिका सार्वजनिक गरेको छ । बुधवार बेलुका सम्म दिएको समय अवधीमा उम्मेदवारहरु बीच सहमती हुन नसकेपछि निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्नु परेको निर्वाचन समितिका संयोजक टोपबहादुर झार्कीले जानकारी दिएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार २०७७ चैत्र ८ गते विहान १० वजे मतदाता नामावली प्रकाशन, चैत्र ९ गते विहान १० वजे देखि दिउँसो ३ वजे सम्म छुटेका मतदाताहरुको नामावली अद्यावधी गर्ने र मतदाता उपर दावी विरोध, चैत्र १० गते विहान १० वजे अन्तिम मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो १ वजे सम्म उम्मेदवारी दर्ता, सोही दिन साँझ ४ वजे उम्मेदवारी नामावली प्रकाशन, चैत्र ११ गते दिउँसो १२ वजे सम्म उम्मेदवारी माथि दावी विरोध, सोही दिन दिउँसो २ वजे सम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ३ वजे अन्तिम उम्मेदवारी नामावली प्रकाशन, सोही दिन साँझ ५ वजे निर्वाचन चिन्ह प्रदान, चैत्र १३ गते साँझ ७ वजे सम्म प्रचार–प्रसार, सोही दिन साँझ ८ वजे देखि चैत्र १४ गते विहान ८ वजे सम्म मौन अवधी रहने छ । चैत्र १४ गते विहान ८ वजे देखि दिउँसो २ वजे सम्म मतदान हुने निर्वाचन समितिका संयोजक झार्कीले जानकारी दिएका छन् । मतदान उद्योग वाणिज्य संघको कार्यालय परिसरमा हुने निर्वाचन समितिले जनाएको छ ।

यता संघको नयाँ नेतृत्व चयनका लागि २ वटा प्यानल चुनावी मैदानमा जाने निश्चित देखिएको छ । निर्वाचनमा जानको लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राजमोको समर्थनमा संयुक्त प्यानल बनाई अध्यक्ष पदका लागि सुरज खडकालाई अगाडी सारेको छ । उसले वरिष्ठ उपाध्यक्षमा बाबुराम थापा, उपाध्यक्षमा प्रेम केसी, महासचिवमा नारायणप्रसाद शर्मा, सचिवमा भरतमणी न्यौपाने, कोषाध्यक्षमा श्रीधर खत्री र सदस्यहरुमा कृष्णराज पौडेल, घमानसिंह रावत, हनुमान चौधरी, रोशन चौधरी र विक्रम पाण्डेलाई अगाडी सारेको छ ।

भने जसपाको तर्फबाट टोपबहादुर कार्कीको नेतृत्वमा स्वतन्त्र व्यवसायिक प्यानल चुनावी मैदानमा जाने जसपाका दाङ जिल्ला अध्यक्ष तथा संघीय परिषद् सदस्य होमप्रसाद शर्माले जानकारी दिएका छन् । सो प्यानलले अन्य पदाधिकारीहरुको नामावली भने पछि सार्वजनिक गर्ने बताएको छ । जसपाले आफ्नो अडान नछोडेपछि सहमति हुन नसकेको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले जानकारी दिएका छन् । यता स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ऋषिराम आचार्यले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राजनीतिक सहमतीका आधारमा आफुले उम्मेदवारी फिर्ता लिएको आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे