LISTEN LIVE RADIO

बंगलाचुली १ र २ मा एमालेकाे कमिटी गठन



बंगलाचुली १ र २ मा एमालेकाे कमिटी गठन

घाेराही ४ चैत्र । नेकपा एमाले दाङले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तीब्र पारेकाे छ । बुधबार बंगलाचुली गाउँपालिका वडा नम्बर १ र २ मा वडा स्तरिय संगठन विस्तार गरिएको हाे । गंगाबहादुर पुन अध्यक्ष र खिमबहादुर घर्ती सचिव रहेकाे २१ सदस्यीय वडा स्तरिय नेकपा एमाले संगठन कमिटी गठन गरिएको छ ।

कमल पाेख्रेलकाे अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय युवा संघ गठन गरिएको छ । वडा नम्बर २ मा झवलाल घर्तीमगर अध्यक्ष र निर्मल राेका सचिव रहेकाे २१ सदस्यीय वडा किमिटि गठन गरिएको छ । नेकपा एमाले केपी ओली पक्षका जिल्ला संयाेजक हुकुमबहादुर बस्नेतकाे प्रमुख अातिथ्यता, जिल्ला सचिव मनाेहर बुढाथोकीकाे बिशिस्ट आतिथ्यतामा वडा भेला सम्पन्न भएको हाे । भेलामा एमालेका नेता हेमराज पुन, भेषराज खत्री, गिरबहादुर कुवर, अरुणकुमार शर्मा, गाेविन्द आचार्य, पुष्पराज भण्डारी लगायतकाे बिशेष उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे