जलीय जैविक विविधता संरक्षणका लागि दोलाईखोला समुदायलाई हस्तान्तरण



जलीय जैविक विविधता संरक्षणका लागि दोलाईखोला समुदायलाई हस्तान्तरण

सिसहनियाँ १ चैत्र । राप्ती गाउँपालिकाले जलीय जैविक विविधता संरक्षणका लागि दोलाईखोला समुदायलाई हस्तान्तरण गरेको छ ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा दोलाईखोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसंग परामर्श गरी जल र जलीय जैविक विविधता संरक्षण गर्दै आएको बैखा संरक्षण समुहलाई खोला हस्तान्तरण गरिएको हो ।

बैखा संरक्षण समुहलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका सचिव कुमारराज श्रेष्ठ, कार्यक्रम संयोजक प्रदिप मजगैया लगायतले खोला संरक्षणका लागि स्वीकृति सहित प्रमाण पत्र प्रदान गरेका छन् ।
राप्ती गाउँपालिका वडा नं. ५ स्थीत दोलाई खोलाको ७६ हेक्टर क्षेत्रमा असुरक्षित माछा मार्ने कार्यको पुर्ण रुपले रोग लगाउदै जलीय जैविक जीवको संरक्षण गर्ने उदेश्यका साथ समुदायलाई खोला हस्तान्तरण गरिएको हो । राप्ती गाउँपालिकाले जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन २०७५ पास गरि ऐन अनुसार राप्ती गाउँपालिका क्षेत्रका असंख्य खोला, नदी तथा कुला कुन्टाहरुमा प्राकृतिक रुपमा माछा तथा जलिय जैविक विविधताको संरक्षण गर्न स्थानीय राजपत्रमा समेत ऐन प्रकाशन गरि सकेको छ ।

देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदि, खोलामा जलीय जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको मानव कल्याणका कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाँले बताएका छन् ।

जलचर एब जलीय जैविक विविधता संरक्षण ऐन पास गरी समुदायले संरक्षण गरेको नदी समुदायलाई भोगाधिकार दिन सकिने ब्यबस्था गरेको छ । संस्थाले राप्ती नदीको जलिय जैबिक विविधताका चुनौतीहरुलई न्युनीकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी बिनाशकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागी देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरि संरक्षणको अभियानलाई तिब्रता दिदै आएको समेत फिल्ड संयोजक राममोती चौधरीले जानकारी दिएका छन् ।

देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदी, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदि तथा खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे