दाङमा प्रतिबन्धित जरायोको सिंङ सहित एक महिला पक्राउ



दाङमा प्रतिबन्धित जरायोको सिंङ सहित एक महिला पक्राउ

दाङ १ चैत्र । दाङमा प्रतिबन्धित जरायोको सिंङ सहित एक महिला पक्राउ परेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. ४ पृथ्वीनगर टोल स्थित बर्ष २८ की सीता चौधरी प्रतिबन्धित जरायोको सिंङ सहित आज विहान ८ बजे पक्राउ परेकी हुन् ।प्रतिबन्धित जरायोको सिंङ अबैध रुपमा घरमा लुकाईछिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साना ठुला गरी ५ वटा सिंङ सहित ती महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले जानकारी दिएका छन् । उनलाई थप अनुसन्धानको लागी जिल्ला बन कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे