राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए



राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए

सिसहनियाँ २८ फागुन । राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णय गरे संगै फागुन २३ देखि २७ गते सम्म ९ वटै वडाका १ हजार ७ सय ३९ जना जेष्ठ नागरिकले खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

केहि वडाले जेष्ठ नागरिकको घर देखि गाडीको व्यवस्था गरी खोप केन्द्र सम्म ल्याएर खोप लगाएको थियो । चार वटा केन्द्र अन्र्तगत सिसहनियाँ स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी भालुवाङ, देविकोट स्वास्थ्य इकाई र चन्दुली खोप केन्दमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।

६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिने क्रममा हाल घरमा केहि जेष्ठ नागरिक नरहेको कारण शत प्रतिशत खोप सेवा दिन नसकेको संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे