राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियु भवनकाे शिलान्यास



राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियु भवनकाे शिलान्यास

तुलसीपुर २९ फागुन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसीयु भवनको शिलान्यास गरिएको छ । भवनको नगरप्रमुख घनश्याम पाण्डेले शिलान्यास गरेका हुन् । अस्पतालमा करिब ५० बेडको आइसीयु संचालन गर्ने उद्देश्यका साथ भवन निर्माण प्रक्रिया शुभारम्भ गरिएको हो ।

अस्पतालमा आइसीयु सेवा संचालन भएपछि जिल्ला बाहिर बिरामी रेफर हुनुपर्ने अवस्थाको अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिएका छन् । भवन करिब साढे २१ लाखमा निर्माण हुन लागेको अध्यक्ष न्यौपानेले बताए। भवन निर्माणको जिम्मा ओशिस कन्सट्रक्सन घोराहीले लिएको छ । आगामी वर्ष २०७८ जेठ भित्र निर्माण सम्पन्न गर्ने गरि निर्माण प्रक्रिया शुरु गरिएको भवनको आज शिलान्यास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे