तुलसीपुरको ८ औँ  नगर सभाको पहिलो बैठकबाट आधा दर्जन बढी ऐन पेस



तुलसीपुरको ८ औँ  नगर सभाको पहिलो बैठकबाट आधा दर्जन बढी ऐन पेस

तुलसीपुर २८ फागुन । तुलसीपुर उपमहानगरपालिकाकाे ८ औँ नगर सभाको पहिलो बैठक सम्पन्न भएकाे छ । बैठकमा ऐनहरु प्रस्तुत गर्दै नगर प्रवक्ता सुर्यवहादुर डाँगीले कानुन निर्माणलाई तिव्रता दिदै आएको बताए । अधिकारको निम्ती कानुन निर्माण गर्नु आवश्यक रहेको उनको भनाई छ ।

आजको नगर सभामा मात्रै आधा दर्जन बढी ऐनहरु पेश भएका छन् । नगर प्रवक्ता एवम् सुशासन समितिका संयोजक डाँगीले वातावरण तथा जैविध विविधता संरक्षण विधेय, जलाधार संरक्षण  विधेयक, तुलसी मेडल तथा मानपदवी÷पदक सिफारिस तथा प्रदान गर्ने सम्बन्धि विधेयक, तुलसीपुर जनशक्ति स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्न वनेको विधेयक, स्थानीय तथ्याङ्क र अभिलेख संकलन विधेयक, स्थानीय अभिलेख व्यवस्थापन विधेयक, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन सभामा पेश गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर सभाको बहुमतले विधेयक पास गर्ने प्रावधान रहेको छ । नगरप्रमुख घनश्याम पाण्डेको  अध्यक्षतामा वसेको नगर सभामा उपप्रमुख माया शर्माले विभिन्न योजना संशोधन तथा रकमान्तरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । नगर सभाको बैठकमा विभिन्न विषयगत समितिका संयोजकहरुले उठाएका विभिन्न सवालहरुको जवाफ दिएका हुन् । नगरसभाको बैठकले विधान समिति संयोजकमा कार्यपालिका सदस्य अमर नेपाली माइकललाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे