सामुदायिक विद्यालयहरुद्धारा गढवा गाउँपालिकालाई ध्यानाकर्षण



सामुदायिक विद्यालयहरुद्धारा गढवा गाउँपालिकालाई ध्यानाकर्षण

गढवा २८ फागुन । गढवा गाउँपालिकाका दर्जन बढी बिद्यालयका प्रअ तथा बिब्यस अध्यक्षहरुले शुक्रवार बिभिन्न माग राख्दै गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । गढवा गाउँपालिका अन्तर्गतका सरकारी बिद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्न, शैक्षिक वातावरणलाई प्रोत्साहित र थप सुदृढिकरण गर्न तथा भौतिक ब्यवस्थापनलाई बलियो बनाउन भनी ध्यानाकर्षण–पत्र बुझाएको शिक्षक महासंघ गढवाका अध्यक्ष दामबहादुर बिसीले जानकारी दिएका छन् ।

ध्यानाकर्षण–पत्रमा गाउँपालिकाले निजी स्रोत शिक्षक ब्यवस्थापन, बिद्यालयहरुको जग्गा ब्यवस्थापन, स.का. र कर्मचारीको प्रोत्साहन भत्ता ब्यवस्थापन र गाउँपालिका स्तरको आधार शैक्षिक स्तर र लक्ष्य प्राप्तीका लागि बिद्यार्थी शिक्षक अनुपात निर्धारण गरि दरबन्दी सृजनाका साथ समानूपातिक वितरणको सुनिश्चितता गर्न आव्हान गरिएको छ ।

ध्यानाकर्षण–पत्र बुझ्दै सामुदायिक बिद्यालयहरुको शैक्षिक अबस्था कमजोर हुदै गएको र कोभिड–१९ को आक्रान्त अवस्थाले बिद्यालयहरु प्रभावित भएकोले सुधारका लागि सबै पक्ष कृयाशिल हुनुपर्ने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । गाउँपालिकाको शैक्षिक अबस्था प्रति नियम कानून बनाएर कार्यान्वयन गर्ने उहाँले प्रतिवद्धता जाहेर गरेका छन् ।

टोलीमा शिक्षक महासंघ गढवाका अध्यक्ष दामबहादुर बिसी, बिब्यस अध्यक्षहरु यमनारायण पोख्ेल, हुमाकान्त सुवेदी, चित्रबहादुर रावत, युवराज पोखे्रल, हेमन्त कुमार चौधरी, कल्पना घिमिरे, तिलकराज रावत र बिद्यालयका प्रअ तथा प्रतिनिधीहरु रामसुरत यादव, भानु जिएम, सुर्यप्रकाश बर्मा, लालबहादुर भण्डारी र गोबिन्द केसी लगायतका रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे