लमहीको सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने



लमहीको सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने

लमही २८ फागुन । दाङ देउखुरीको लमही स्थित सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ । अनुमति बिना नै उत्पादित सिमेन्टमा नेपाल गुणस्तर चिन्ह (एनएस)राखेको पाइएपछि विभागले कारबाही उक्त उद्योगलाई कारवाही गर्न थालेको हो ।
उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपिसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको पाइएको हुँदा कारवाही गर्न लागिएको विभागले जारी गरेको बक्तब्यमा भएिको छ । फागुन २६ गते काठमाडौंको बाफलमा बजार अनुगमनका क्रममा एक सय बोरा सिमेन्टमा गुणस्तर चिन्ह अंकित गरेको फेला परेको बिभगाले जारी गरेको बक्तब्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे