तुलसीपुरमा ११ वर्षीया बालिका रुखमा झुण्डिएको अवस्थामा फेला



तुलसीपुरमा ११ वर्षीया बालिका रुखमा झुण्डिएको अवस्थामा फेला

तुलसीपुर २८ फागुन । दाङको तुलसीपुरमा ११ वर्षीया बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गाईखुटी निवासी मञ्जील विकको छोरी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

डिएसपी सिंहका अनुसार गएराति ९ बजेतिर शव झुण्डिएको अवस्थामा फेला पारेपछि परिवारले प्रहरीमा खबर गरेका थिए । शव पोष्टमार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा राखिएको छ । साथै मृतकको आमा अचेतजस्तै रहेको हुँदा सोधपुछ गर्न बाँकी नै रहेको प्रहरीले बताएको छ । मृतक बालिकाको बुवा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको बुझिएको छ । मृतक बालिकाको भाइ र १४ वर्षीया दिदी पनि रहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको रहेको प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे