LISTEN LIVE RADIO

दलित संजाल गढवाले क्षमता बिकास गर्दै



दलित संजाल गढवाले क्षमता बिकास गर्दै

गढवा २६ फागुन । दलित शसक्तिकरण अभियान गढवाले गाउँपालिकाभरका ४० जना दलितहरुलाई आमन्त्रण गरि बुधवार देखि क्षमता बिकास गर्न थालेको छ । अभियानका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा भएको चार दिवसीय दलित शसक्तिकरण क्षमता बिकास तालिमको उद्घाटन एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष चौधरीले आजको युगमा छुवाछुत जस्तो भेदभाव कसैले गर्न नहुने भन्दै दलितहरुका हक, अधिकार न्याय र स्वतन्त्रताका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । दलित समुदायको हकहितका लागि गाउँपालिकाले हरेक बर्ष बजेट बिनियोजन गर्ने गरेको र आगामी दिनमा गढवा गाउँपालिकालाई जिल्लाकै नमूनाको रुपमा छुवाछुत भेदभाव मुक्त गाउँपालिका बनाउन आवश्यक रहेको उनले बताइन् ।

चार दिन सम्म संचालन हुने क्षमता बिकास तालिमको प्रशिक्षकमा मानव अधिकार तथा शान्ति समाज नेपालका बरिष्ठ केन्द्रिय उपसभापति तथा पत्रकार सुशिल बस्नेत, दलित अधिकारकर्मी तथा केन्द्रिय सचिव निर्मल नेपाली(बादी) र अधिबक्ता गोपाल नेपालीले प्रशिक्षण दिएका थिए । बिगत एक बर्ष अघि जिल्ला प्रशासन कार्यालयबाट बैधानीकता पाएको दलित शसक्तिकरण अभियान गढवाको यो पहिलो उच्च स्तरीय तालिम रहेको अध्यक्ष बेगम गहतराजले बताए ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ५ का वडा सदस्य निर्मला परियार, अधिकारकर्मी निर्मल नेपाली, चेतनशिल महिला समाज केन्द्र गढवाका अध्यक्ष सकुन्तला डिसी, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट, नवस्वर्गद्धारी महिला सहकारीका अध्यक्ष रेखा थापा लगायतले दलितका अधिकार प्राप्तीको लागी संगठित हुनुपर्ने कुरामा जोड दिएका थिए । चन्द्रबहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण अभियानका सचिव जया बिशवकर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे