देउखुरी उद्योग वाणिज्य संघका नबनिर्बाचित पदाधिकारीहरुलाई भोली सपथ ग्रहण गराइने



देउखुरी उद्योग वाणिज्य संघका नबनिर्बाचित पदाधिकारीहरुलाई भोली सपथ ग्रहण गराइने

लमही २५ फागुन । देउखुरी उद्योग वाणिज्य संघका नबनिर्बाचित पदाधिकारीहरुलाई भोली बुधबार एक समारोहका बिच सपथ ग्रहण गराइने भएकाे छ । गएको फागुन २३ गते नयाँ नेतृत्व सर्बसहमतमा आएपछि नयाँ पदाधिकारीहरुलाई सफथ ग्रहण गराउन लागेको निर्वाचन मण्डलका संयोजक लिलाराम खनालले जानकारी दिएका छन् ।

दुई जना उम्मेदवारले सदस्य पद फिर्ता लिएपछि नयाँ नेतृत्व सर्बसहमतबाट चुनिएको हो । संघको ८ औं अधिबेशनले १२ बर्षपछि पहिलो पटक खगेश्वर खनालको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । भोली फागुन २६ गते संघको सभाहलमा बिहान ८ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थित हुन लमही नगरपालिका भित्रका व्यापारीहरु, इच्छुक महानुभाब तथा पत्रकारहरु सबैमा निर्वाचन मण्डलले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे