LISTEN LIVE RADIO

विकास नभएको ठाउँमा विकास पुर्‍याउदै सांसद शर्मा



विकास नभएको ठाउँमा विकास पुर्‍याउदै सांसद शर्मा

लमही २५ फागुन । सांसद रेवतीरमण शर्माले अहिले सम्म विकासबाट पछाडि परेकाे क्षेत्रलाई विकासकाे मुल धारमा ल्याउने गरी काम भैरहेकाे बताएका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित आधारभुत विद्यालय कुरुवाकाे स्वागतद्वार र पक्की पर्खाल शिलान्यास गर्दै पछाडी परेकाे क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतकाे विकासमा प्राथमिकता राखिएको बताए ।

अहिलेसम्म कसैकाे ध्यान नपुग्दा विकासमा पछाडि थियाे । तर, यस ठाउँमा सरकारले अघि बढाएका कामकाे बारेमा यहाँहरुलाई थाहा छ´उनले भने-नाका जाेड्ने सडक बनिरहेकाे छ । खानेपानी, सिंचाइका याेजना अघि बढेकाे छ । स्मार्ट कृषि गाउँ कार्यक्रम यस्तै क्षेत्रमा छ । लुम्बिनी प्रदेश सरकारले याे विद्यालयकाे भाैतिक सुधारकाे लागि १० लाख रुपैयाँ बजेट बिनियाेजन गरेकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा टाेल विकास समितिका अध्यक्ष टेकबहादुर रानाकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । शिक्षक यज्ञ  अाेलीकाे स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे