राप्ती गाउँपालिकाको सिसहनियाँ र मसुरीयामा विभिन्न कार्यक्रम गरी महिला दिवस मनाइयो(फोटो फिचर)



राप्ती गाउँपालिकाको सिसहनियाँ र मसुरीयामा विभिन्न कार्यक्रम गरी महिला दिवस मनाइयो(फोटो फिचर)

सिसहनियाँ २४ फागुन । दाङको राप्ती गाउँपालिकाको दुई स्थानमा विभिन्न कार्यक्रम गरी १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । राप्ती गाउँपालिकाको सहयोगमा सिसहनियाँ र मसुरीयामा बृहत कार्यक्रमको आयोजना गरि दिवस मनाईएको छ । धेरै भन्दा धेरै महिलाहरुको सहभागिता होस भनी क्षेत्रगत रुपमा दिवस मनाउने निर्णय गरिएको थियो ।

विभिन्न खेलकुल प्रतियोगीता, निवन्ध प्रतियोगिता तथा कल संस्कृति झल्कने झाँकी र्याली, गीत संगीत प्रस्तुत गरि दिवस मनाइएको हो । दुई स्थानमा आयोजना गरिएको विशेष कार्यक्रमलाई राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र उपाध्यक्ष जगदम्वाकुमारी चौधरी लगायतले सम्बोधन गरेका थिए । सिसहनियाँ क्षेत्रलाई लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाले र लालमटिया क्षेत्रमा भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेका थिए ।

मसुरीयामा भएको विभिन्न प्रतियोगित्मक प्रतियोगिता अन्र्तगत वक्तृत्वकला प्रतियोगितामा आमा मिलन महिला विकास समिति राप्ती गाउँपालिका वडा नम्बर १ की सुशिला आचार्य प्रथम, कालिका महिला विकास समिति राप्ती गाउँपालिका वडा नम्बर २ की सोनु भण्डारी दोस्रो, हिमाल महिला विकास समिति राप्ती गाउँपालिका वडा नम्बर २ की गिता शर्मा तेस्रो र लालीगुराँस महिला विकास समिति राप्ती गाउँपालिका वडा नम्बर ४ की रिता न्यौपाने तथा शान्ति महिला विकास समिति राप्ती गाउँपालिका वडा नम्बर १ की अन्जु विष्टले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

लोकगित प्रतियोगितामा लालमटिया साना किसान मसुरीया समुह प्रथम, लालीगराँस महिला विकास समिति दोस्रो, कालिका महिला विकास समिति तेस्रो र हिमाल महिला विकास समिति तथा आमा मिलन महिला विकास समितिले सान्त्वना स्थान प्राप्त गरेका छन् । भने झाँकी जुलुस तर्फ नागवेली महिला विकास समिति प्रथम, लक्ष्मी महिला विकास समिति दोस्रो, देवी महिला विकास समिति, कालिका महिला विकास समिति, हिमाल महिला विकास समिति, आमा मिलन महिला विकास समिति, शान्ति महिला विकास समिति, लालीगुराँस महिला विकास समिति, ऐरावती महिला विकास समिति र संझना महिला विकास समिति सान्त्वना भएका छन् ।

संस्थाकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । संस्थाकी उपाध्यक्ष पार्वती सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख जिवनकुमारी जिसी, रेडियो राप्ती कार्यक्रम प्रमुख बिरेन्द्र गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक परमेश्वरी ज्ञवालीले गरेकी थिइन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे