लमहीमा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो



लमहीमा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

लमही २४ फागुन । देउखुरीको लमहीमा आज  ¥याली र लोकगीत प्रतियोगिता कार्यक्रम गरी १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । लमही नगरपालिका नगरकार्यपालिकाको आयोजनामा ¥याली र लोकगीत प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको हो । उपप्रमुख देबका बेल्बासेको अध्यक्ष्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतमको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

३४ वटा बढी समुहको सहभागी रहेको ¥यालीमा मनकामना महिला बचत तथा ऋण सहकारी लमही पहिलो, लमही ५ कै नारायणी महिला कृषि सहकारी संस्था दोस्रो र लमही कै गोरखा मोडेल स्कुलले तेस्रो स्थान हासिल गरेका थिए । यस्तै लोकगित प्रतियोगितामा ५ समूह र ब्याक्तिले भाग लिएका थिए । जसमा मनकामना महिला बिकास बचत तथा ऋण सहकारी संस्थाकी जानका पाण्डेय पहिलो, लमही १ को निलकमल सामाजिक उद्यमी महिला संस्था दोस्रो र शारदा भण्डारीले तेस्रो स्थान हालिल गरेका थिए ।

¥याली तथा लोकगीत प्रतियोगितामा बिजेताहरुलाई क्रमश ४ हजार, ३ हजार र २ हजार मध्ये करकट्टी गरेर आएको रकम पुरस्कार रुवरुप दिइएको थियो । कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसी, लमही नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसी, मनकामना महिला बिकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बसन्ता खनाल, अखिल नेपाल महिला संघकी सुसिला शर्मा, भवानी अधिकारी , विद्यार्थीहरु विशाल अधिकारी, सलिना पाण्डेय, महिला मानव रक्षक सञ्जालकी चुमा आचार्य पतञ्जली योग समितिकी सन्तोषी मन्त्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बोल्ने बक्ताहरुले महिला–महिला बिचमा विभेद गरिनु नहुने भन्दै त्यसले कसै लाई पनि राम्रो नगर्ने भनाई राखेका थिए । लमहीमा नेकपा ओली समूह, नेपाली काग्रेस, राजमो, खेमाकाले लमहीको सार्वजनिक बगैचामा भब्य कार्यक्रम आयोजना गरेका थिए भने अर्को प्रचण्ड माधव नेपाल समुहका महिलाहरु सो कार्यक्रम बहिष्कार गरेका थिए् । महिला बालबालिका तथा समाज कल्याण शाखाकी कार्यालय प्रमुख हस्तकुमारी बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लमही नगरपालिका योजना अधिकृतकी तेजा गैरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे