संविधानले महिला अधिकार सुनिश्चित गरेकाे छ : सांसद शर्मा



संविधानले महिला अधिकार सुनिश्चित गरेकाे छ : सांसद शर्मा

लमही २४ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले संविधानमा महिला अधिकार सुनिश्चित भएको र संविधानकाे कार्यान्वयन अनुसार धेरै महिलाहरु ले अवसर पाउन थालेकाे बताएका छन् ।

संविधानमा तीन तहकाे सरकार बनाउने सुनिश्चित छ । जसले गर्दा स्थानीय सरकार वडा देखि पालिका सम्म, प्रदेश सभा, प्रतिनिधि सभा देखि राष्ट्रिय सभा सम्म महिलाहरुकाे प्रतिनिधित्व सुनिश्चित छ´उनले भने-वडामा जनप्रतिनिधिकाे कुसलता पूर्वक जिम्मेवारी पूरा गर्ने महिलानै हुन् ।´

नेपाल ग्रामीण पूर्णनिर्माण संस्था (अारअाएन)ले लमही नगरपालिका-३ मा अायाेजना गरेकाे १११ अाैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका शर्माले प्राप्त भएका अधिकारकाे प्रयाेगमा सहभागी हुन अाग्रह गरेका छन् । यस्तै उनले अार्थिक सम्पन्नता भएमा घर भित्र हुने धेरै खाले हिंसाकाे अन्त्य हुने भन्दै जीविकोपार्जन र उद्यमा सहभागी हुन अाग्रह गरेका छन् ।

समुदायमा अाधारित चार अाेटा समुह र श्रमिक महिला समूहका सदस्यहरु कार्यक्रममा सहभागी भएका थिए । कमला चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाइ कमैया समाजका अध्यक्ष हरिचन्द्र चाैधरी, अारअारएनका कार्यक्रम संयाेजक दिपक बाेहाेरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा घण्टा फाेड, कुर्सी दाैड, चक्लेट दाैड प्रतियोगिताकाे अायाेजना गरिएको थियाे । कार्यक्रमकाे सञ्चालन उषा चाैधरीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे