तुलसीपुरका ५४ जना किशोरीलाई साईकल वितरण



तुलसीपुरका ५४ जना किशोरीलाई साईकल वितरण

घोराही २४ फागुन।  तुलसीपुर उपमहानगरपालिकाले आज एक कार्यक्रमका बीच ५४ जना किशोरीहरुलाई साईकल वितरण गरेको छ । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला बालबालिका तथा सामाजिक बिकास शाखाले छोरी शिक्षामा जोड दिदै बिद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको हो ।

तुलसीपुर क्षेत्रका सामुदायिक बिद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययनरत ती किशाेरीहरुलाई पहिलो चरणमा साईकल दिईएको हो । घण्टौ समय पैदल हिडेर बिद्यालय सम्म पुग्ने किशोरीहरुको छनोट गरी साईकल वितरण गरिएको हो । साईकल हस्तान्तरण नगर प्रमुख घनश्याम पाण्डेले गरेका हुन् ।

यस क्षेत्रका विभिन्न संघसंस्थाको सहयोगमा हामीले यस्तो कार्यक्रम अगाडी वढाएको हौं’ नगरप्रमुख पाण्डेले भने। साईकल चढ्ने मान्छेप्रति सम्मानजनक व्यवहार अहिले पनि हुन नसकेको भन्दै अभियानले नयाँ सन्देश प्रवाह गर्नेमा विस्वस्त रहेको समेत उहााले जानकारी दिए ।‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ ¥यालीको आयोजना गरिएको हो । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको संझनामा यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे