देउखुरीमा बस र मोटरसाइकल ठोक्किदा घाइते तिलककाे उपचारका क्रममा मृत्यु ‍‍(न्युज अपडेट)



देउखुरीमा बस र मोटरसाइकल ठोक्किदा घाइते तिलककाे उपचारका क्रममा मृत्यु ‍‍(न्युज अपडेट)

लमही २४ फागुन । दाङको देउखुरीमा बस र मोटरसाइकल एक आपसमा  ठोक्किदा भएकाे दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाईकल चालक  तिलक थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएकाे छ।

आइतवार राती १० बजेकाे समयमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा  लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी मोटरसाईकल चालक ३० वर्षिय  थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस अघि साेही ठाउँ निवासी मोटरसाइकल पछाडि बसेका २३ वर्षिय प्रकाश थापाको घटनास्थलमा नै मृत्यु भएको थियाे । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे