महिला दिवसको सांसद रेवतीरमण शर्माद्वारा शुभकामना व्यक्त



महिला दिवसको सांसद रेवतीरमण शर्माद्वारा शुभकामना व्यक्त
लमही २४ फागुन । लुम्बिनी प्रदेश सभा सदस्य तथा सांसद रेवतीरमण शर्माले  १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा र विश्वभर मनाउन लागिरहेको यस दिवसको अवसरमा लैंगिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवं समृद्धीको कामना गरेका हुन्।
नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ। जसमा राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पति तथा पारिवारिक मामिलामा दम्पतिको समान हकको व्यवस्थाले महिलाको सशक्तिकरण एवं राज्यका हरेक निकायमा पहुँचको अवस्था सिर्जना गरेको छ। जसले गर्दा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिदेखि राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएकाे छ । सबैखाले लैंगिक विभेद र असमानता तोड्दै श्रमिक महिलाहरुको हक अधिकारको प्रत्याभूत गराउन सबैलाई यस दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास गर्दै पुनः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे