शिवरात्री नजिकिंदै गर्दा जखेरा तालमा पर्यटकको घुँइचो



शिवरात्री नजिकिंदै गर्दा जखेरा तालमा पर्यटकको घुँइचो

लमही २२ फागुन ।  हिन्दु धर्मावलम्बीको विशेष पर्व शिवरात्री नजिकिदै गर्दा लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रविन्दुकाे रुपमा परिचित जखेरा तालमा आगन्तुकको घुँइचो लागेको छ। कोरोना कहरले सुनसान भएको जखेरा ताल यति बेला रमझमले भरिएको छ। कोरोनाको जोखिम अझै कायमै रहेकाले त्यसबाट बच्ने उपाय र मापदण्ड अपनाएर जखेरा ताल घुम्न आएका पर्यटकहरुलाई आफ्नो तर्फबाट सचेत गराउने गरेको ताल संरक्षण समितिका महासचिव लोकमणी बन्जाडेको भनाइ छ।

फागुन २७ गते शिवरात्रीको अवसर पारी जखेरा तालमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा लोक तथा दोहोरी गायिका ज्योती मगर लगायतका अन्य कलाकारहरु आउने भएका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुबाङबाट २१ किलोमीटरको दुरिमा रहेको जखेरा ताल चुरे पहाडको काखमा अवस्थित रहेको छ। करिब आठ बिगाह क्षेत्रफलमा फैलिएको यस् तालको विकासमा अहिलेसम्म सरकार बाट आंशिक सहयोग भएपनी सरकारले खासै सरोकार नराखेको स्थानीय बासी सेतिराम डाँगीको प्रतिक्रिया छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे