सुन्दरी माताको रुपमा परिचित रोजना खड्काको म्युजिक भिडियो खेल्ने सपना पुरा



सुन्दरी माताको रुपमा परिचित रोजना खड्काको म्युजिक भिडियो खेल्ने सपना पुरा

भालुवाङ २२ फागुन । सुन्दरी माताको रुपमा परिचित रोजना खड्काको म्युजिक भिडियो खेल्ने सपना पुरा भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा निवासी रोजना खड्का झ्वाट्ट हेर्दा हिरोइन जस्तै राम्री छिन् भने उनको सबै बानी व्यहोरा पनि एकदमै राम्रो छ ।कक्षा १० मा पढ्दा पढ्दै उनमा दैविय शक्ति प्रवेश गरेपछि उनी माता बन्न सफल भएकी हुन् । रोजना माता हुनु भन्दा पहिले उनमा एक राम्रो डान्सर बन्ने सपना थियो । डान्सर वा नर्स बन्छु भनेर लक्ष्य बोकेकी रोजनामा भगवानले शरीरमा प्रवेश गरेपछि उनी नर्स बन्न सकिनन् । नर्स नभएपनि एउटा राम्रो डान्सर बन्छु भनि लागि परेकी रोजनाको त्यो सपना भने आज पुरा भएको छ ।

गायक सम्राट चौलागाइले रोजनालाई एक अवसर दिएका छन् । म्युजिक भिडियो खेल्न काठमाण्डौं गएकी उनले ‘सम्झिनी पानी छम्किनी’ बोलको गितमा अभिनय गरेकी छिन् । धार्मिक कुरालाई समेटर तयार पारिएको सो म्युजिक भिडियोमा रोजनाले माताको भुमिका सँगै डान्स समेत गरेकी छिन् ।

गायक सम्राट चौलागाईको युटुव च्यानलबाट सार्वजनिक गरिएको गितमा गायक चौलागाई र रचना रिमालको स्वर रहेको छ । रोजना माताले आफु एक दिन डान्सर पनि बन्छु र मेरो पढाईलाई पनि निरन्तरता दिन्छु भनेकी छिन् । रोजना माता संग धेरै व्यक्तिहरु बिरामी भएर होस् वा आफ्नो ग्रह दशा हेराउनका लागि टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् । मानिसले ग्रहदशा हेराईसकेपछि आफ्नो जिबन संग मेल खाएको हँुदा अझै धेरै मनिसहरुआई माताको घरमा हात हेराउनका लागि लाईनमा बस्नु पर्छ ।

हेर्नुहोस पुरा भिडियो  ः

https://www.youtube.com/watch?v=ZIna8Kktq6o

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे