जिल्ला अदालतद्धारा गढवा न्यायिक समितिलाई सुझाव



जिल्ला अदालतद्धारा गढवा न्यायिक समितिलाई सुझाव

गढवा २१ फागुन । गढवा गाउँपालिकाको न्यायिक समितिले बिवाद निरुपणमा अपनाएका तरिकाहरु र न्याय सम्पादनको बिषयमा जिल्ला अदालत दाङका न्यायधिश पुनाराम खनाल लगायतको एक टोलीले बिहिवार स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।

सो क्रममा गढवा गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक बर्षमा कुल ७७ वटा उजुरीहरु परेकोमा ४३ उजुरीहरुका बिवाद निरुपण गरिएको र ३३ उजुरीहरु फच्र्यौट गर्न बाँकी रहेको न्यायिक समितीले जनाएको छ । जस अनुसार विवाह सम्बन्धि विवादका १२ उजुरी आएकोमा ९ वटा मेलमिलाप भएको र ३ वटा बाँकी रहेको, लेनदेन विवादका १२ वटा उजुरी आएकोमा ५ निरुपण भई ३ वटा बाँकी रहेका, जग्गा तथा अंश बिवादका ४३ बिवाद दर्ता भएकोमा २५ निरुपण भैसकेको र १९ विवाद हल हुन बाँकी रहेको तथा अन्य विवादका १० उजुरीहरु आएकोमा ६ मेलमिलाप भई ४ वटा बाँकी रहेको न्यायिक समितिका कर्मचारी सुरेश पौडेलले जानकारी दिए ।

जिल्ला अदालत दाङका न्यायधिस खनालले हद म्याद, दर्पिट र तामेलीमा सिष्टम अनुसार काम गर्न आग्रह गर्दै मेलमिलाप, लिखत, तोक आदेश, दर्ता, प्रमाणिकरण र तामेली लगायतका बिषयलई न्यायिक समितिले मिहिन ढंगले सुझबुझका साथ काम गर्न सुझाएका छन् ।
अनुगमनको क्रममा जिल्लाका न्यायधिश शर्मा सहित नासु टुकराज खड्का, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, इलाका प्रहरी प्रमुख राजकुमार भट्ट, जिल्ला वार एशोसियशनका सदस्य तथा गाउँपालिकाका कानूनी सल्लाहकार हरी बेल्बासे र पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे