तुलसीपुरमा श्रीमानकाे कुटाइबाट श्रीमति घाइते



तुलसीपुरमा श्रीमानकाे कुटाइबाट श्रीमति घाइते

तुलसीपुर २१ फागुन । तुलसीपुरमा श्रीमतीलाई दातँ भाचिने गरी कुटपीट गर्ने श्रीमान् पक्राउ परेका छन् । सल्यान सारदा नगरपालिका वडा नं. १ घर भैइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलवा डेरा गरिबस्ने गुम्ब बहादुर चलाउनेलाई पक्राउ गरेकोे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

आज बिहान ७ बजेतिर मंगली चलाउनेलाई आफ्नै श्रीमानले घरायसी झगडा हुदा दातँ भाचिने गरि हानेको प्रहरीले बताएको छ । घाइते श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनलाई कुटपिट गर्दा अगाडीको दातँ भाचिएको र शरीरका विभिन्न भागमा चोट लागेकोे छ । साथै प्रहरीले कुटपिट गर्ने श्रीमान्लाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे