देउखुरी उद्योग बाणिज्य संघको निर्वाचन फागुन २५ गते हुने



देउखुरी उद्योग बाणिज्य संघको निर्वाचन फागुन २५ गते हुने

लमही २० फागुन । देउखुरी उद्योग बाणिज्य संघ लमहीको निर्वाचन फागुन २५ गते हुने भएको छ । विहीवार उद्योग बाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको हो । जस अनुसार फागुन २१ गते १ बजे मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो १ बजे देखि ४ बजे सम्म मतदाता नामावलीमा दाबी विरोध, २०७७ फागुन २१ गते साँझ ५ बजे अन्तिम नामावली प्रकास गर्ने कार्यक्रम छ ।

यसै गरी फागुन २२ गते विहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, फागुन २२ गते ३ बजे उम्मेदवारको नामावली प्रकासन, सोही दिन दिउँसो ३ देखी ५ बजे सम्म उम्मेदवार माथि दावी विरोध, फागुन २३ गते विहान ११ बजे सम्म मनोनयन फिर्ताको समय दिइएको छ । यस्तै गरेर फागुन २३ गते विहान १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकासन, सोही दिन दिउँसो १ बजे सम्म नमूना पतपत्र प्रदान सोही दिन १ बजे देखी फागुन २४ गते सम्म प्रचारप्रसार र २५ गते विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा निर्वाचन समितिका संयोजक लिलाराम खनालले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्ने बताए । खनालका अनुसार जम्मा मतदाता एक हजार १६ जना मतदाता छन् । उद्योग बाणिज्य संघ प्रति ब्यापारीहरुको चाासो कम देखिन थालेको छ । बार्षिक साधरणसभा तथा अधिबेशसनको उद्घाटन कार्यक्रममा उपस्थित संख्या ज्यादै कम भएपछि शुभकामना मनतव्वय राख्ने अतिथिहरुले ब्यापारीको सहभागिता घट्नेको कारण खोजेका थिए ।

अघिल्लो अधिबेशसनमा एक हजार सात सय बढी सदस्य(मतदाता) रहेका उद्योग बाणिज्य संघमा अहिले जम्मा नबीकरण र नयाँ दर्ता गरी जम्मा एक हजार १६ जना भएका जना सदस्य रहेका छन् । देउखुरी उद्योग बाणिज्य संघले पूर्व अध्यक्ष लिलाराम खनाल संयोजकत्वमा कार्यसमिति सदस्य नवाव अली र कार्यसमिति सदस्य प्रकाश जिसी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।

साधरणसभामा सहभागी सदस्यको ५१ प्रतिशतले आर्थिक तथा प्रगती प्रतिवेदन पारीत गर्ने सो दिन संख्या नपुगे दोस्रो पटक ३३ प्रतिसत र सो संख्या पनि नपुगे कार्य समितिका बहुमतले आर्थिक तथा प्रगती प्रतिबेदन पारीत गर्ने संगै निर्वाचन समिति छनौट गर्ने प्रावधान छ । सोही अनुसार गर्दा कार्य समिति सदस्य आफैले आफैलाई निर्वाचन समितिमा छानेको पाइएको छ । यस विषयमा स्थानीय बुद्धिजीवी जागेश्वर शर्मा घिमिरेले उद्योग बाणिज्य संघको विधान बारे आफुलाई जानकारी बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे