राप्ती गाउँपालिकामा कोरोना विरुद्धको खोप केन्द्र र वडा टोल निर्धारण



राप्ती गाउँपालिकामा कोरोना विरुद्धको खोप केन्द्र र वडा टोल निर्धारण

भालुवाङ २० फागुन । राप्ती गाउँपालिका स्वास्थ्य शाखाले कोरोना विरुद्धको खोप केन्द्र, र वडा टोलको नाम तथा मिति निर्धारण गरेको छ । राप्ती गाउँपालिकाले २ वटा स्वास्थ्य चौकी १ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र र १ वडा खोप केन्द्रमा खोप लगाउने गरी तयारी थालेको छ ।
वडा तथा टोलका ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान अन्र्तगत फागुन २३ गते देखि चैत २ गते सम्म खोप अभियान संचालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

सरकारले फागुन २३ गते देखि देशैभर ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने तयारी गरेसंगै राप्ती गाउँपालिकाले पनि खोप केन्द्र निर्धारण गरी अभियान सञ्चालनको तयारी गरेको छ । जस अन्तरगत फागुन २३ गते लालमटिया स्वास्थ्य चौकी भालुवाङमा वडा नम्बर १ को आँपखोली, गौतमबुद्ध, हनुमानगढी, शान्तिपुर, मछिताल र बगासोती टोल त्यसै गरी फागुन २४ गते वडा नम्बर १ कै स्वर्गद्धारी, नयाँ बजार सिद्धेश्वरी, नमुना र विहानी टोलका नागरिकलाई खोप लगाइने छ ।

त्यस्तै फागुन २५ गते सोही केन्द्रमा वडा नम्बर २ को लालमटिया बजार, आदर्श टोल, बराखुटी, बाहुनीपाटा र स्यानीघोष टोलका नागरिकलाई खोप लगाइने छ । त्यसै गरी सोही केन्द्रमा फागुन २६ गते वडा नम्बर २ कै रामनगर, मुक्तिनगर, नयाँबस्ती र कटेशनाला टोलका नागरिकलाई खोप लगाइने छ ।

त्यस्तै फागुन २७ गते सोही केन्द्रमा वडा नम्बर ३ को खुरुरीया, बसन्तपुर र पैसठ्ठी नम्बर टोल र फागुन २८ गते सोही केन्द्रमा वडा नम्बर ३ कै नयाँबस्ती, मसुरीया, बाघढड्डी, उत्तर मसुरीया र असारे टोलका नागरिकलाई खोप लगाइने छ ।
यसै क्रममा फागुन २९ गते सोही केन्द्रमा वडा नम्बर ४ को बुढीचौर, मझनीगढ, सिमलखुट्टी, सुन्दरपुर, नयाँगाउँ र पिपरखुट्टी टोल, चैत १ गते सोही केन्द्रमा सोही वडा कै उत्तर खिनैटा, जनकपुर, मौरीघाट, चतरुवा, गौमुखी र दक्षिण खिनैटा टोलका नागरिकलाई खोप लगाइने स्वास्थ्य संयोजक राउतले जानकारी दिएका छन् ।

यता सिसहनियाँ स्वास्थ्य चौकीमा फागुन २३ गते वडा नम्बर ५ को प्रगतीशिल टोल, कमलरोड, कालापानी पहरुवा टोल, फागुन २४ गते सोही वडाको लठ्ठहवा, सिंगे, भुल्के, थकरीकोट, करङ्गेकोट र पुनखोला टोलका नागरिकलाई खोप लगाइने भएको छ । यसै गरी फागुन २५ गते वडा नम्बर ६ को मझेरीया, भगवानपुर र पत्थरगढवा, फागुन २६ गते वडा नम्बर ६ कै सगरापुर र बगरापुरका नागरिकलाई खोप लगाइने भएको छ । फागुन २७ गते वडा नम्बर ७ को बड्का सिसहनियाँ, भानपुर र जगपुर फागुन २८ गते वडा नम्बर ७ कै छोट्की सिसहनियाँ, अर्नहनपुर र जगपुर टोलका नागरिकलाई खोप लगाइने भएको छ ।

त्यसै गरी फागुन २९ गते वडा नम्बर ८ को पार्वती टोल, शिव टोल, बुद्धनगर टोल, शान्ति टोल र सगरमाथा टोल चैत १ गते वडा नम्बर ८ कै मिलन टोल, प्रभात टोल, सांसद टोल, शंकर टोल र इन्द्रणी टोलका नागरिकलाई खोप लगाइने भएको छ । यता देवीकोट स्वास्थ्य इकाई केन्द्रमा फागुन २३ गते वडा नम्बर ९ को स्यानीघोष, बड्डाडा, रुपाकोट, मुस्लिम टोल, छुचुन्द्रे, सल्ले, अन्तरे, घोरेबास, छाउने, न्याबासे, घोग्लेआँप र लामा खोला टोल, फागुन २४ गते चन्दुली खोप केन्द्रमा वडा नम्बर ९ कै तल्लोघोष खोला, ठाँटी खोला, काला खोला, जावुने, कपलखुट्टी, नयाँगाउँ, रातामाटा, जाकिने बाउरी र सिम्ले टोलका नागरिकलाई खोप लगाइने भएको छ ।

भने छुट भएका १ देखि ९ वटै वडाका नागरिकले र सोही खोप कार्यतालिका अनुसार सामुदायिक, निजी तथा क्याम्पसका प्रध्यानाध्यापक र शिक्षक शिक्षिकाहरुले पनि आ आफ्नो नजिकको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य संयोजक राउतले आग्रह गरेका छन् । खोप लगाउनका लागि नेपाली नागरिकता वा मतदाता परिचय पत्र अनिवार्य चाहिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे