प्युठानमा आगलागीमा परि एक बृद्धको मृत्यु



प्युठानमा आगलागीमा परि एक बृद्धको मृत्यु

प्युठान १९ फागुन । प्युठानमा घरमा भएको आगलागीमा परि एक बृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नम्बर १ सल्लिकोटमा आज विहान आगलागी हुँदा ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

उनका अनुसारमा घरमा आगलागी भएपछि सामान निकाल्न जाँदा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ । घरका अन्य सदस्य बाहिर निस्किएको समयमा आज विहान करिब ७ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी निरीक्षक गैरेले बताए । आगलागीबाट घरगोठ समेत पूर्ण रुपमा जलेको छ । परिवारमा विरकट्टाको श्रीमती, बुहारी र पाँच जना नाति नातिना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे