पश्चिम दाङबाट बालिका बलात्कार गरेको आरोपमा दुई बालक पक्राउ



पश्चिम दाङबाट बालिका बलात्कार गरेको आरोपमा दुई बालक पक्राउ

दाङ १९ फागुन । पश्चिम दाङबाट बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मंगलबार बेलुका अन्दाजी ७ बजेतिर ११ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक झलक शर्माले बताएका छन् ।

बबई गाउँपालिका ५ खैरबोट निवासी १२ र ११ वर्षिय बालकलाई बुधबार बिहान दुई बजेतिर पक्राउ गरि उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भैरहेको छ । साथै बलात्कृत बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे