गढवाकाे शान्तिपुरमा चार घरमा आगलागी, क्षति बिवरण आउँन बाँकी



गढवाकाे शान्तिपुरमा चार घरमा आगलागी, क्षति बिवरण आउँन बाँकी

गढवा १६ फागुन। गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा चार घरमा आगलागी भएको छ । आइतबार साझ करिब ६ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर निवासी मनिराम रिजालको गोठ बाट आगो सल्किएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

उनको गोठ बाट शुरु भएको आगोले आफ्नै एउटा घर, नजिकै रहेको उनकी आमा मिना रिजालको एक घर र कर्ण बहादुर रानाको पनि घरमा आगलागी भएको छ ।

अहिले घटनास्थलमा लमही र गढवा बाट दमकलका साथै स्थानीय, प्रहरीबाट आगो नियन्त्रणमा लिने काम भैरहेको प्रहरीले बताएको छ । आगलागी बाट मानबिय क्षति नभए पनि अन्य के कति क्षति भयो भन्ने बिवरण आउँन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे