नेपाल दलित मुक्ति संगठनकाे राप्ती गाउँपालिका स्तरीय प्रथम एकता भेला सम्पन्न



नेपाल दलित मुक्ति संगठनकाे राप्ती गाउँपालिका स्तरीय प्रथम एकता भेला सम्पन्न

भालुवाङ १६ फागुन । नेपाल दलित मुक्ती संगठन राप्ती गाउँपालिका स्तरीय प्रथम एकता भेला तथा प्रशिक्षण कार्यक्रम मसुरियामा सम्पन्न भएको छ । भेलाले संयोजक सेर बहादुर सुनार,र सह सयोजक प्रकाश परियार रहने गरि ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

नेपाल दलित मुक्ति सगठन दाङ जिल्ला सचिवालय सदस्य ठगेन्द्र परियारको अध्यक्षता तथा नेकपा केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज भागवत बिस्वासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
भेलामा प्रशिक्षण मन्तब्य राख्दै प्रमुख अतिथि बिस्वासीले नेपालको राज्य ब्यबस्थाले दलितहरुको जीवन स्तर बदल्ने कुरा स्वीकार गरेपनी निश्चित कार्यक्रम बनाएर नगएको बताए । उनले नेपालका दलित समुदाय को जीवन स्तर बदल्न राज्यले दलित सुबिधा पत्र दिनु पर्ने र दलित सुबिधापत्र मार्फत दलितहरुलाई स्वास्थ्य ,शिक्षा ,रोजगारी का क्षेत्रमा विशेष अधिकार सहित बिशेष ब्यबस्था गर्नु पर्ने बताए ।

भेलालाई नेकपा दाङ जिल्ला सदस्य राजेन्द्र पुजाली,नेपाल दलित मुक्ति संगठन दाङ्ग जिल्ला सह संयोजक हिरालाल सुनार ,नेकपा राप्तीका अध्यक्ष धर्मराज अधिकारि ,नेपाल दलित मुक्ति संगठन जिल्ला सचिवालय सदस्य शशी परियार,दलित अगुवा रंगबिर सुनार र दलित महिला सदस्य इस्वरी परियार लगायतले बोलेका थिए ।

नेपाल दलित मुक्ति संगठन दाङ जिल्ला सचिवालय सदस्य श्रीबहादुर परियारको स्वागत मन्तब्यबाट सुरु भएको संचालक जिल्ला सचिवालय सदस्य बसन्त नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे