देउखुरी उद्योग बाणिज्य संघ लमहीको १७ औं साधारण सभा तथा अधिवेशन



देउखुरी उद्योग बाणिज्य संघ लमहीको १७ औं साधारण सभा तथा अधिवेशन

लमही १५ फागुन । देउखुरी उद्योग बाणिज्य संघ लमहीको १७ औं  साधारण सभा तथा अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षता एवम् संघका संस्थापक अध्यक्ष कृष्णकुमार पन्त ‘राकेश’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा संघका महासचिब कमलजंग सिंह ठकुरीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष केशब घिमिरेले आर्थिक बर्ष २०७६/०७७ को ३७ लाख ६२ हजार १ सय ७४ रुपैयाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यस्तै एम्बुलेन्स तर्फको ४ लाख ९५ हजार १ सय ४५ रुपैया र महोत्सब सञ्चालन पश्चात् उठ्नुपर्ने २ लाख ३५ हजार ७ सय २६ रुपैयाको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महामारीको रुपमा फैलिएको कोभिड-१९ का समयमा आफ्नो स्वास्थ्यको प्रबाह नगरी पत्रकारिताको माध्यमबाट जनताको सुरक्षाका निम्ति योगदान पुर्याएको भन्दै संघले देउखुरीका ६ जना क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ ।

जसमध्ये पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाह, प्रदेश टुडे दैनिकका टेकबहादुर पुन, युगबोध दैनिकका दशरथ घिमिरे र राधेश्याम गुप्ता, गोरक्ष दैनिकका शिबराज खनाल र गोरखापत्रका दिवाकर पोख्रेललाई सम्मान गरेको हो ।

त्यसैगरी संघले कार्यालय सचिब भेषराज भट्टराई, कार्यालय सहयोगी खुमबहादुर रावत, पुर्ब कर्मचारी प्रमिला भट्टराई, चौकीदारहरु खुतबहादुर कार्की र आईतराम कुमाल, एम्बुलेन्स चालक अबिक रोका मगरलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रमा विभिन्न ३ उत्कृष्ट ब्यबसाय गरि रोजगार प्रदान गरेको भन्दै सम्राट सिमेन्ट उद्योग, लंघाली मसला उद्योग र कौशल जनरल स्टोरलाई सम्मान गरिएको थियो । भने भवन निर्माणका क्रममा सहयोग गरेको भन्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्ब अध्यक्षहरु धर्मराज श्रेष्ठ र चन्द्रराज पन्त, चन्द्रबहादुर भट्टराई गरि ३ जनालाई पनि सम्मान गरिएको थियो । संघका सदस्य बिनोद कुमार पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको सभामा

नेपाली कांग्रेसकी नेत्री गिरिजादेबी न्यौपाने, नेकपा प्रतिनिधि दण्डीराम चौधरी, संघका पुर्ब अध्यक्ष लिलाराम खनाल, लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब सनम पौडेल, देउखुरी क्रिकेट क्लबका अध्यक्ष शोभाराम पौडेल, नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष लिला शाह, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी लगायतका बक्ताले देशको समृद्धीका लागि बाणिज्य संघको पनि भुमिका रहने हुँदा आर्थिक क्रान्ति तर्फ उन्मुख हुनुपर्ने बताएका थिए ।

कार्यक्रमको सञ्चालन संघका महासचिब कमलजंग सिंह ठकुरीले गरेका थिए । यसैबीच यही फागुन १९ गते हुने बन्द सत्र कार्यक्रममा उद्योगी, व्यापारी लगायत सबैमा उपस्थितिका लागि बाणिज्य संघले सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे