रुकुम पूर्वको सिस्नेमा लागेको डढेलो नियन्त्रणमा आउन सकेन 



रुकुम पूर्वको सिस्नेमा लागेको डढेलो नियन्त्रणमा आउन सकेन 

रुकुमपूर्व १५ फागुन । रुकुमपूर्वको सिस्ने गाउँपालिका– २ मा दुई दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । बिहीबार देखि शुरुआत भएको डढेलो नियन्त्रण बाहिर गएपछि यहाँका दर्जन बढीबस्ती जोखिममा परेका छन् ।सिस्ने– २ को प्वाङस्थित कुरिपानीबाट शुरु भएको डढेलो आज बिहान सम्म धेरै ठाउँमा फैलिसकेको छ ।

कुरिपानी सामुदायिक वनबाट सल्किएको आगो कसरी सल्कियो भन्ने पत्ता भने लाग्न सकेको छैन । सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले विद्यालयबाट फर्कदै गरेका बालबालिकाले आगो लगाएको बताए।

उक्त डढेलोबाट तीन वटा घर दर्जन बढी गोठ जलेर नष्ट भएको उनले जानकारी दिए। वडाध्यक्ष केसीका अनुसार डढेलोले दतकुना, कुचिबाङ, गोल्खाडा, सुद्रीलगायतका बस्तीमा आगो फैलिएको छ । डढेलो नियन्त्रणमा इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीय लागि परेका छन् । आगो धेरैतिर फैलिएकाले नियन्त्रणको सम्भावना न्यून छ ।

डढेलोबाट केही घरगोठ जलेर नष्ट भएको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए। डढेलो नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकले डढेलो नियन्त्रणमा नआएसम्म आआफ्नो सूचनालाई अद्यावधिक गर्ने र क्युआरटी, आइआरटी टोली परिरचालन गर्ने निर्णय गरेको प्रजिअ राईले बताएका छन्। अहिलेसम्म मानवीय क्षति भने भएको छैन । डढेलो नियन्त्रण बाहिर गएपछि नागरिक भने त्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे