राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिवेशन



राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिवेशन

घोराही १५ फागुन ।  राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिवेशन शनिवार घाेराहीमा सम्पन्न भएकाे छ ।

राष्ट्रिय दलित पत्रकार संघ दाङका उपाध्यक्ष लक्ष्मण विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माले दलितहरुको जिवनमा परिवर्तन ल्याउन शिक्षाको आवश्यकता भएको बताए ।

कार्यक्रममा बोल्दै उनले शिक्षालाई पहिलो प्राथमिकता दियो भने मात्र समग्र दलित समुदायको उत्थान हुने बताए । साथै दलित भएर जन्मिनु अपराध नभएको उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकुम्बासी भुमिहिन र दलित भुमिहिनहरुको लागि राज्यले लागू गरेको लालपुर्जा बितरण कार्यक्रम दलित बस्तिमा प्रभावकारी लागू भएको छ छैन त्यो बारेमा स्थानीय पालिका संग जानकारी लिन समेत विश्वकर्माले आग्रह गरे ।

त्यस्तै दलित अगुवा जोगेन्द्र विश्वकर्माले दलितका सवालमा अन्य जिल्ला भन्दा दाङ बलियो भएको बताउदै दलितका सवालमा दङाली जनताले धेरै संघर्ष गरेको स्मरण गरे । एउटा सस्थाले मात्र दलितहरुको संरक्षण गर्न सक्दैन समग्र दलितको हक हितका लागि राष्ट्रिय दलित आयोग गठन हुन पर्छ भनेर आन्दोलन समेत गर्नु परेको बताउदै अन्ततः सरकारले राष्ट्रिय दलित आयोग गठन गरेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले समग्र दाङको पत्रकारकारिता क्षेत्रलाई बलियो बनाउने सवालमा भुमिका निर्वाह गर्नुका साथै राज्यलाई मुल धारमा ल्याउने गरि कलम चलाउन आग्रह गरे । प्रेस संगठन दाङका संयोजक जेएन सागरले देशैभर छरिएर रहेका करिब ५८ लाख दलित समुदायलाई पनि यसै गरि सङ्गठित गरेर लैजान सक्नु पर्ने धारणा राखे ।

त्यसैगरी सञ्चार क्षेत्र चुनौतीपुर्ण कार्य भएको भन्दै सत्य तथ्य खबर सम्प्रेषण गरेर समाजलाई जागरुक बनाउने काम आफैमा महान र जोखिमपूर्ण हो राज्यलाई खबरदारी गर्न सक्नु पर्ने दलित संघ दाङका सभापति बाबुराम विश्वकर्माको भनाई छ । कार्यक्रममा प्रेस संगठन दाङका अर्का संयोजक प्रकाश चौधरीले बिगतका क्षणलाई सम्झेर बर्तमान बिषयमा केन्द्रित रहदै पत्रकाररिता गरे समाज परिवर्तनमा सहज पुग्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसीले राम्रो र मेहनत गर्नेका लागि पत्रकारिता राम्रो पेशा भएको बताउदै मेहनत गरेर अघि बढ्नेका लागि पत्रकारिता सुनौलो अवशर भएको बताए ।

आवाजबिहिन हरुको आवाज बन्न सक्नु पर्छ । समाजप्रति जवाफ देहि भएर पत्रकारिता गर्न जरुरी रहेको केसीको भनाई छ । कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अको¥याबका लुम्बिनी प्रदेशका सचिब संगीत बस्यालले समाजलाई डो¥याएर हिड्ने हामीले आफू को हु भनेर चिन्न जरुरी भएको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियार, दलित नेता मान बहादुर विश्वकर्मा, झुपलाल नेपाली, दलित मुक्ती संगठनका केन्द्रिय सदस्य राजु नेपाली, राष्ट्रिय दलित पत्रकार दाङका पुर्व अध्यक्ष जनक नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका सदस्य वसन्त परियारले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए ।

आठ जना सम्मानित

समाज निर्माणमा योगदान पु¥याएको भन्दै विभिन्न सञ्चार गृहमा आवद्ध दाङका चार जना पत्रकारहरु सम्मानित भएका छन । उनिहरुलाई राष्ट्रिय दलित पत्रकार संघ दाङले सम्मानित गरेको हो ।

सम्मानित हुनेमा नेपाल टेलिभिजन दाङका संवाददाता जनक नेपाली, रेडियो प्रकृती एफएमका समाचार सम्पादक बसन्त परियार, तुलसीपत्र राष्ट्रिय दैनिक देउखुरी प्रतिनिधि प्रिया स्मृती गजमेर र रेडियो तुलसीपुरका कार्यक्रम संचालक तेज बहादुर परियारलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

त्यस्तै दलित आन्दोलनमा अग्रणी भुमिका खेलेको भन्दै दलित समुदायका नेता जोगेन्द्र विश्वकर्मा, मान बहादुर विश्वकर्मा, झुपलाल नेपाली,राजु परियारलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे