दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको २४ औ बार्षिक उत्सव



दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको २४ औ बार्षिक उत्सव
भालुवाङ १५ फागुन । दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको २४ औ बार्षिक उत्सव तथा अभिभावक भेला शनिवार मसुरीयामा सम्पन्न भएकाे छ । भेलाकाे उदघाटन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गरेका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा भएको २४ औ बार्षिक उत्सव तथा अभिभावक भेलामा चन्दा दाता, अक्षयकोष स्थापनाकर्ता लाई धन्यवाद ज्ञापन गरिएको छ ।
सो अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालले आफ्नी आमा उमकला भुसालको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरिदिनु भएको छ । २ सय ६८ जना विद्यार्थी रहेको विद्यालयमा ८ कक्षा सम्म ९ जना शिक्षक कर्मचारीद्धारा पठनपाठन भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे