LISTEN LIVE RADIO

दाङमा ओली समूहकाे पालिका स्तरीय संगठन विस्तार



दाङमा ओली समूहकाे पालिका स्तरीय संगठन विस्तार

दाङ १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी ओली समूहले दाङमा पालिका स्तरीय संगठन कमिटी गठन गरेको छ । पार्टीको शुक्रबार घोराहीमा बसेको पाँचौ पूर्ण बैठकले जिल्लाको दशवटै पालिकामा संगठन कमिटीका पदाधिकारी चयन गरेको हो ।

पार्टीका अध्यक्ष हुकुम बस्नेतको अध्यक्षता एवं पार्टीका प्रदेश इन्चार्ज शंकर पोख्रेलको प्रमुख आतिथ्यता एवं प्रदेश अध्यक्ष लिला गिरीको बिशिष्ठ आतिथ्यतामा बसेको बैठकले पालिकामा संयोजक, सह संयोजक र सचिबको जिम्मेवारी बाँडफाँड गरेको हो ।

जस अनुसार घोराही उपमहानगरमा भुवन चौधरी संयोजक, तारा पुरी सह संयोजक र इन्द्र बुढाथोकीलाई सचिबको जिम्मेवारी दिईएको छ । त्यसैगरी, तुलसीपुर उपमहानगरमा केशब सापकोटा संयोजक र माधब वली सचिब, लमही नगरपालिकामा डण्डीराम चौधरी संयोजक र भानु जोशीलाई सचिबको जिम्मेवारी बैठकले दिएको छ ।

यसैगरी, दंगिशरणमा भरत अधिकारी संयोजक, सन्जय बस्नेत सह संयोजक र रेशम बहादुर वली सचिब, शान्तिनगरमा संयोजक धनबहादुर केसी, सह संयोजक गिरीराज बस्नेत र सचिबमा टिकाराम रिजाल, बबईमा संयोजक जीतबहादुर वली र सचिबमा धनबहादुर डाँगीलाई बैठकले जिम्मेवारी दिएको छ ।

उता राजपुरमा संयोजक उदय चौधरी, सह संयोजकमा गोविन्द विक, बंगलाचुलीमा पुष्पराज भण्डारी संयोजक र भोजराज पन्त सचिब, राप्तीमा खिमबहादुर केसी, टोपबहादुर झाँक्री सचिब र गढवामा बाबुराम अधिकारीलाई संयोजक र मदन न्यौपानेलाई सचिबको जिम्मेवारी दिईएको पार्टीका सचिब मनोहर बुढाथोकीले जानकारी दिएका छन ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज पोख्रेलले पार्टीको आधार बलियो बनाउन अहोरात्र खट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन । जनमतलाई संगठनमा बदल्न उनले आग्रह समेत गरेका छन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोख्रेलले सरकारले गरेका कामलाई जनताको विचमा प्रचार गर्न सुझाब दिएका छन । कम्युनिष्ट पार्टीको सरकार भत्काएर गैरकम्युनिष्ट पार्टी सँग सरकार बनाउन भिक्षा माग्दै दाहाल नेपाल समूह लागेको उनको आरोप छ ।

केपी ओली सँगको साथले आफुहरुको स्वार्थ पुरा नहुने देखे पछि दाहाल नेपाल समूह एकताको विपक्षमा उभिएर सरकार ढाल्न लागेको टिप्पणि गरेका छन । बैठकमा बोल्ने नेताहरुले पार्टी एकतालाई दाहाल नेपालले स्वार्थका रुपमा लिएको र पुरा नहुने देखे पछि सरकार ढाल्ने र पार्टी विभाजनमा लागेको बताए ।

बैठकमा जिल्ला अध्यक्ष हुकुम बस्नेतले यही फागुन २१ गतेको दिनलाई जनपरिचालन दिवसका रुपमा मनाउने बताएका छन । पञ्चायत बिरुद्ध झापा बिद्रोह थालिएको दिनको स्मरण गर्दै २१ गतेलाई ऐतिहासिक दिनकारुपमा मनाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे