दाङकाे सेवारमा जुवा खेलिरहेका ८ जना जुवाडे नगद सहित प्रहरी नियन्त्रणमा



दाङकाे सेवारमा जुवा खेलिरहेका ८ जना जुवाडे नगद सहित प्रहरी नियन्त्रणमा

दाङ १४ फागुन । दाङमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सेवार स्थित सुरेन्द्र सेनको घरमा जुवा खेलिरहेको समयमा आज विहान साढे १ बजे ६४ हजार ३ सय रुपैयाँसहित ८ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा वडा नम्बर ८ का २८ वर्षिय तिलक वली, ३५ वर्षिय शरद रावत, ३० वर्षिइ समिर खड्का, ३५ वर्षिइ सुरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कायालय दाङले जनाएको छ। त्यसैगरी अन्य पक्राउ पर्नेमा वडा नम्बर ८ कै २१ वर्षिइ यादव राना, ४४ वर्षिय शिवु रावत, ४० वर्षिय रेशम वली र घरधनी सुरेन्द्र सेन रहेका छन् । जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरीले रातीको समयमा ८ जनालाई पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे