दाङका आचार्य सहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा



दाङका आचार्य सहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

दाङ १४ फागुन । गृह मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहित ३६ जिल्लाका प्रमुखको सरुवा गरेको छ । यससँगै अब दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दीर्घनारायण पौडेल आउँदै छन् । उनी यसअघि कपिलवस्तु जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका थिए ।  दाङको प्रमुख जिल्ला अधिकारी आचार्य भने गृहमन्त्रालयमा तानिएका छन्।

गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव र २७ जना उपसचिव गरी ५२ अधिकारीको सरुवा गरेको छ । जसमा ३६ जना प्रमुख जिल्ला अधिकारी रहेका छन् । गृह मन्त्रालयलले दाङसहित पाल्पा, सिन्धुली, गोरखा, महोत्तरी, सिन्धुपाल्चोक, सुनसरी, सप्तरी, धादिङ, कास्की, उदयपुर, कैलाली, कपिलवस्तु, बर्दिया, सर्लाही, बारा, स्याङ्जा, बाग्लुङ, सुर्खेत, रामेछाप, ओखलढुङ्गा, सल्यान लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे