दाङमा एक शिक्षक मृत फेला



दाङमा एक शिक्षक मृत फेला

दाङ १४ फागुन । दाङको घोराहीमा एक शिक्षक मृत फेला परेका छन् । मृत फेला पर्नेमा घोराही १० सौंडिकुला निवासी अन्दाजी ४१ बर्षिय श्रीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् ।

घिमिरे आफ्नै घरको आँगनमा शुक्रवार विहान मृत अवस्थामा फेला परेको उहाले जानकारी दिए ।मृत अवस्थामा स्थानियले देखे पछि प्रहरीलाई खवर गरेका हुन् । मृतक घिमिरे सोहि वडाको मावि लमडरुवाका सहायक प्रधानाध्यापक हुन ।

डिएसपी रिजालका अनुसार घिमिरेका श्रीमती र बच्चा विहिवार माइत गएको र घरमा कोहि नभएको समयमा उहा शुक्रवार विहान मृत फेला अवस्थामा भेटिनु भएको हो । मृतकको शवलाई पोष्ट मार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे