संघियताको कार्यन्वयन गर्न मोफसलका मिडिया बलिया हुनुपर्छ : मुख्यमन्त्री पाेख्रेल



संघियताको कार्यन्वयन गर्न मोफसलका मिडिया बलिया हुनुपर्छ : मुख्यमन्त्री पाेख्रेल

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकाे साधारणसभा तथा अधिवेशन शुरू

सन्ताेषकुमार गुप्ता, भालुवाङ ३ फागुन । 

लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी निर्माण गर्ने चरणमा प्रवेश गरेको बताए । अहिले नै खाली रहेका भु भागमा भवन बनाउन सक्छौ तर मास्टर प्लान बनाएर नै राजधानीको रुपमा बिकास गर्ने प्रक्रियामा जान लागेको बताए । प्रदेशको स्थायी राजधानीको मास्टर प्लानले स्वत समेट्ने पत्रकारले जनताको पैरवी गरिदिन आग्रह गरे ।

पत्रकारका विषयमा प्रदेश सरकार सकारात्मक रहेको पनि बिचार राखे । नया राजधानी निर्माण गर्नुको अर्थ नै बिकास गर्नु हो । कस्ता कस्ता विशेषता हरु जोड्नु पर्छ भन्ने कुरामा पनि मोडेलको रुपमा अगाडी बढने बताए । हरेक क्षेत्रको अलग अलग किसिलले पहिचान गर्ने गरि प्रदेशको बिकास गर्ने बताए । प्रदेश सरकारको आयोजनाका आधारमा हरेकले एउटा ब्यबस्थित गराउने एतिहासिक सम्पतीको संरक्षण गर्ने बताए ।

गुरु योजना तर्जुमा गर्दा नै करिब १५,२० बर्षमा नै प्रदेशको बिकास हुने बताए । गुरु योजना बनेपछी क्षेत्रगत हिसाबले बिकासका कार्यक्रम अगाडि बढने बताए । जहाँ राम्रो हुन्छ त्यसलाइ खुला ढंगले प्रसम्सा गर्ने र नराम्रोलाई आलोचना गर्नुपर्ने बताए । आमसञ्चारका हिसाबले पनि पत्रकारीताको पनि बिकास हुनुपर्छ । सबै क्षेत्रको बिकास हुनु नै बृहत्तर समाज निर्माण गर्नका लागि हो उनले भने होईन भने बिचारमा बिचलनआउछ उनले भने।

तल्लो तहमा रिपोर्टहरुको मनोबिज्ञानलाइ माथी बदने पत्रकार र मिडिया हाउसले बुज्नु पर्छ । प्रादेशिक तहका मिडिया खुलेर साथ पाउनु पर्ने हो नपाएको बताए । काठमाडौ केन्द्रित पत्रकारीता बदल्नु पर्छ र संघीयता कार्यन्वयन गर्नमा सहयोग पुग्ने बताए । मोफसलबाट भएको पत्रकारीताको बिकास गर्ने बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशीले स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यत्क्रम सामुदायिक प्रसारक संघ लुम्बिनी प्रदेश अध्यक्ष के पी घिमिरेले लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलको दीर्घकालीन सोचका कारण पनि मिडिया संचालनमा सहज भएको बताए ।

सामुदायिक रेडियोमा कार्यरत पत्रकारहरुको क्षमता वृद्धि गर्ने खालका तालिम र कार्यक्रमहरुको योजना बनाउनु पर्ने बताए । प्रेस संगठनका नेता मानसिङ बिकले स्वर्गीय कृष्ण सेन इच्छुकको स्मरण गर्दै संघीय संरचना गएपछि पत्रकारको योगदानको कदर हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासघका केन्द्रिय सदस्य महेश रिजाल, प्रेस युनियनका नेता , प्रेस संगठनका नेता केन्द्रिय सदस्य प्रदीप आचार्य , नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन , सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोल , काम गर्ने वातावरणका हिसाबले पत्रकार महिलालाई सहजता नभएको बताइन । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । पत्रकार महासघका उपाध्यक्ष दिपा पौडेल मौसम रोक्काको अध्यक्षता र महासचिव भेषराज बस्नेतको संचालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे