LISTEN LIVE RADIO

लुम्बिनी प्रदेश स्थापनाको तीन वर्ष पूरा, आज स्थायी राजधानी देउखुरीमा कार्यक्रमको आयोजना



लुम्बिनी प्रदेश स्थापनाको तीन वर्ष पूरा, आज स्थायी राजधानी देउखुरीमा कार्यक्रमको आयोजना

भालुवाङ ३ फागुन । आज लुम्बिनी प्रदेश स्थापना भएको तीन वर्ष पूरा भएको छ । विस २०७४ साल फागुन ३ गतेका दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश सरकारले हरेक वर्ष आजको दिन स्थापना दिवस मनाउने गर्दछ । प्रदेश सरकारले अघिल्लो वर्षसम्म अस्थायि राजधानी बुटवलमा स्थापना दिवस मनाउने गरेपनि यस वर्ष भने स्थायि राजधानी देउखुरीमा मूल समारोह गरेको छ ।

मूल समारोह पूर्व आज देउखुरीमा बाजागाजा, झाँकीसहितको र्यालीले बजार परिक्रममा गर्ने कार्यक्रम रेहको छ । र्यालीमा विभिन्न जातजाती, समुदायका झाँकी, नाच प्रदर्शन गर्ने रहेको प्रदेश सचिवालले जनाएको छ ।स्थापना दिवसका मनाउन देउखुरी सजाइएको छ ।

दिवस मनाउने प्रदेशका १२ जिल्लाबाट आउने पाहुनाहरुलाई स्वागत गर्न ठाउँ ठाउँमा सिगारिएको छ । प्रदेश स्थापना दिवस स्थायि राजधानी देउखुरीमा मनाउने भएपछि उत्साह र खुशी थपिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए । स्थापना दिवसमा ५८ जनालाई विभूषित समेत गरिने जनाइएको छ । आज स्थापना दिवसका अवसरमा प्रदेशका १२ जिल्लामा सार्वजनिक विदा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे