LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका खेलाडीहरुलाई अनुशासित खेलाडीको रुपमा चिनाउछौँ : अध्यक्ष सुवेदी



लुम्बिनी प्रदेशका खेलाडीहरुलाई अनुशासित खेलाडीको रुपमा चिनाउछौँ : अध्यक्ष सुवेदी

ओमप्रकाश गुप्ता, भालुवाङ १८ माघ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका वडा नम्बर ८ मा आज देखि खेलकुद प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा खेलकुद प्रतियोगिता सुरु भएको हो ।

वडाध्यक्ष गोकणर्बहादुर रानाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिता सुरु भएको हो । खेलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुवेदीले राप्ती गाउँपालिका प्रदेशको गाउँपालिका भएकोले खेलाडीहरु अनुशासित भई खेल खेल्न र अनुशासित खेलाडीको रुपमा चिनाउन सुझाव दिएका छन् ।

साथै उनले यसै खेलकुदबाट उत्कृष्ट खेलाडी छनौट गरी जिल्ला, प्रदेश हुँदै केन्द्र स्तरमा पुग्न सक्ने क्षमताको विकास होस् भन्ने कामना गरेका थिए । भोली सम्म सञ्चालन हुने खेलकुद अन्र्तगत महिला पुरुष भलिबल, लमजम, हाइजम र हाजिरीजवाफ प्रतियोगिता सञ्चालन भएको छ । वडा सदस्य विष्णु गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ता केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे