गढवा उद्योग बाणिज्य संघको नवनिर्वाति कार्यसमितिको पद हस्तान्तरण तथा पदभार ग्रहण सम्पन्न



गढवा उद्योग बाणिज्य संघको नवनिर्वाति कार्यसमितिको पद हस्तान्तरण तथा पदभार ग्रहण सम्पन्न

शिबराज पन्थी, गढवा ७ माघ ।

देउखुरीको गढवा उद्योग बाणिज्य संघको नवनिर्वाति कार्यसमितिको बुधवार पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रविलाल आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अधयक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गढवाको औद्योगिक तथा ब्यवसायिक समृद्धिका लागि स्थानीय सरकारको सहयोग रहने र हरेक पाइलाहरुमा समन्वय र सहकार्य गरेर अगाडी बढ्न आव्हान गरे । गढवा गाउँपालिकाले आफ्ना ११ वटा ब्यापारिक सटरमा ब्यवसाय गर्ने ब्यवसायीहरुलाई दुइ महिनाको भाडा समेत छुट गरेको भन्दै ब्यवसायिहरुको हकहित, अधिकार, न्याय र स्वतन्त्रताका लागि हातेमालो गरेर अगाडी बढ्ने बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, निर्वाचन समितिका संयोजक तथा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल, नेपाली काँगे्रस गढवाका उपसभापति कृष्णराज पाण्डेय र निवर्तमान सचिव रामदास यादव(आरडी) लगायतले ब्यवसायिक हकहितका लागि नयाँ निर्वाचित कार्यसमितिले महत्वपूर्ण र सकारात्मक काम गर्ने अपेक्षा राख्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष रविलाल आचार्यद्धारा नवनिर्वाचित कार्यसमितिलाई माइन्यूट, ब्याच र सिमकार्ड हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए भने निर्वाचन समितिका संयोजक युवराज पोखे्रलले सपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी गढवा गाउापालिकाका अध्यक्ष सहजराम यादवले संघका नयाँ पदाधिकारीहरुलाई प्रमाण–पत्र प्रदान गरेका थिए ।

नव निर्वाचित कार्यसमितिको तर्फबाट संघका निर्वाचित अध्यक्ष खिमबहादुर बुढा मगरले ब्यवसायिक हकहित, अधिकार, न्याय र स्वतन्त्रताका लागि स्थानीय सरकार, संघसंस्था, ब्यवसायीहरु र उद्योग बाणिज्य संघका सबै निकायहरुसंग समन्वय र सहकार्य गर्दै हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए । पदभार ग्रहण कार्यक्रमको संञ्चालन संघका निवर्तमान प्रेस सल्लाहकार शिबराज पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे