गढवा गाउँपालिकाको वडा नं. ६, ७ र ८ काे कोइलाबासमा स्वास्थ्य परिक्षण शिविर सम्पन्न



गढवा गाउँपालिकाको वडा नं. ६, ७ र ८ काे कोइलाबासमा स्वास्थ्य परिक्षण शिविर सम्पन्न

शिबराज पन्थी, गढवा ७ माघ ।

देउखुरीको गढवा गाउँपालिकाले अपांगता भएका सबै नागरिकहरुलाई परिचय पत्र उपलब्ध गराउन वडा–वडामा स्वास्थ्य शिविर संचालन गर्न थालेको छ । अपांगता भएका नागरिकहरलाई पहिलो चरणमा वडागत तहमा शिविर संचालन गरि परिचय पत्र वितरण गरेपछि पुनः दोश्रो चरणमा परिचय पत्र वितरण प्रयोजनका लागि अपांगता भएकाहरुलाई सहज होस भनी स्थानीय स्तरमा पुगेर स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

 

जस अनुसार मंगलबार गढवाको वडा नं. ६ र ७ मा शिविर संचालन गरिएको र शिविरबाट ५९ जना अपांगता भएका नागरिकहरको स्वास्थ्य परिक्षण भएको गाउँपालिकाका महिला तथा वालवालीका शाखाका कर्मचारी सुरेश पौडेलले जानकारी दिए । शिविर उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल, गाउँपालिकाका लेखा अधिकृत सम्भुराज आचार्य, शिक्षा प्रमुख श्याम बिक, गढवा स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा.रुपेन्द्र पोखे्रल, अपांग संजाल र रेडक्रसकर्मीहरुको उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।

यसैक्रममा गढवा गाउँपालिकाको वडा नं. ८ कोइलाबासमा बुधवार अपांगता भएका नागरिकहरुको परिचय पत्र वितरणका लागि स्वास्थ्य शिविर सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । जस अनुसार आइतवार गढवाको वडानं. २ मा २९ जना,सोमवार गढवाको वडानं. ४ मा ३४ जना,मंगलबार गढवाको वडा नं. ६ र ७ मा संचालन गरिएको शिविरमा ५९ जना र बुधवारको कोइलाबासमा सम्पन्न शिविरमा ११ जना गरी दोश्रो चरणमा कुल १ सय ३३ जना अपांगता भएका नागरिकहरुको स्वास्थ्य परिक्षण भएको गाउँपालिकाका महिला तथा वालवालीका शाखाका कर्मचारी सुरेश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे